१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

विपद व्यवस्थापनमा सघाउन सशस्त्र प्रहरीकाे अभियान

विपद व्यवस्थापनमा सघाउन सशस्त्र प्रहरीकाे अभियान
अ अ+ अ-

विराटनगरः ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो’ भने जस्तै विपदकाे जोखिम कम गर्न सशस्त्र प्रहरीको प्रयासलाइ स्थानीय तहले समर्थन जनाएका छन् । आगलागी, बाढी, पहिरो, दुर्घटना, सर्पदंश र भूकम्पजस्ता विपद्ले मानिसको ज्यान लिने मात्र नभई समाजलाई नै सखाप पार्ने भएकाले यसबाट बच्न र बचाउन सशस्त्र प्रहरी बल नं.३ गण हेडक्वाटर कङ्कालिनी मोरङद्वारा स्थानीयवासीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालीम शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालनी मोरङद्वारा आइतबारदेखि मोरङको कटहरी गाउँपालिकामा सुरु भएको दुईदिने विपद व्यवस्थापन अनुशिक्षण तालिममा समुदायले गर्नुपर्ने कार्यका विषयमा मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारी । तस्वीरः मनोज दाहाल (रासस)

मोरङको कटहरी गाउँपालिकाबाट शुरु भएको दुई दिने सो तालीम जिल्लाका १७ वटै स्थानीय तहमा जनप्रतिनिधिलाई दिने कार्यक्रम रहेको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तालीमले क्षमता अभिवृद्धि गर्नुका साथै कुनै पनि विपद् आइपरेमा तत्काल उद्धार एवम् राहतमा उहाँहरुको सक्रिय सहभागिता हुने र यसबाट जनधनको क्षतिलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । मोरङमा बूढी नदी, बक्रहा, सिङ्गिया र मावालगायतका ठूला नदी छन् भने वर्षात्का मौसममा यी नदीले लाखौँका धनसम्पति नष्ट गर्नुका साथै मानिसको जीवन कष्टकर बनाउने गरेको छ ।

तत्काल राहत एवम् उद्धारमा सक्रिय हुनुपर्ने सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना पुग्नु अगावै धेरै जनधनको क्षति हुने गरेकाले स्थानीय तहमा नै तालिक दिने र जनधन हानी हुनबाछ बचाउने तालिमको उद्देश्य रहेको छ । विपद् पूर्वतयारी गर्ने दृष्टिले स्थानीय तह यो तालिम हुनु राम्रो र यसबाट हामीलाई ज्ञान, सीप र क्षमता अभिवृद्धि हुने कटहरी गाउँपालिकाका उपाध्यक्ष मञ्जीताकुमारी सरदारले बताउनुभयो ।

दश लाखभन्दा बढी जनसङ्ख्या रहेको मोरङमा विराटनगर महानगरपालिका, बेलबारी नगरपालिकामा आगो नियन्त्रण गर्ने दमकल छ भने सनुवर्षी गाउँपालिका र रङ्गेली नगरपालिकाले संयुक्तरुपमा एक दमकल खरीद गरी वरिपरि हुने आगलागीमा सेवा प्रदान गर्दै आएको छ ।

सत्र वटा स्थानीय तहमा अहिले पनि १३ वटा स्थानीय तहमा दमकल छैन भने सुख्खा मौसममा हुने आगलागीबाट बचाउन अझै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समस्या भइरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विपद् व्यवस्थापन कार्य सञ्चालन ऐनले प्रत्येक स्थानीय तहका वडाध्यक्षलाई विपद् व्यवस्थापनसम्बन्धी तालीम दिई स्थानीयस्तरमै विपद् व्यवस्थापन समिति बनाउनुपर्ने बताउँदै विपद्मा उहाँहरुको भूमिकालाई अझ फराकिलो र कसिलो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले विपद्बाट अछुतो नरहेको यो गाउँपालिकामा तालीमले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।