४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्ल्ेख गर्नुभयो । उहाँले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताउनु भयो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको बताउनु भयो । राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ । त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ । राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएका छन् । यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेका छौँ। यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले देखाउनुभएको सुझबुझका लागि आभार व्यक्त गर्दछु । साथै, यस प्रक्रियामा सामेल संवद्ध सबै पक्षलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछु । आगामी प्रक्रियामा पनि यस्तै उत्साहका साथ सबै पक्ष सामेल हुने विश्वास सरकारको रहेको छ । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन । यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ । मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ । हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन ।’

प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।