२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

रुसी राष्ट्रपतिको सरकारी निवासमा ड्रोन हमला भएपछि खैलाबैला

रुसी राष्ट्रपतिको सरकारी निवासमा ड्रोन हमला भएपछि खैलाबैला
अ अ+ अ-

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् ।

क्रेमलिनको हवाला दिँदै रुसको तास न्यूजले जनाए अनुसार, पुटिनले नोभगोरोड क्षेत्रस्थित आफ्नो सरकारी निवासमा किभले आतंकवादी हमला गरेको भन्दै अमेरिकी समकक्षीलाई ध्यानाकर्षण गराएका थिए । ड्रोन हमलाबारे जानकारी पाएपछि राष्ट्रपति ट्रम्पले आफू स्तब्ध भएको प्रतिक्रिया दिएको पनि तासले जनाएको छ ।

दुवै राष्ट्रपतिबीच फ्लोरिडामा सम्पन्न अमेरिका–युक्रेन वार्ताबारे पनि छलफल भएको थियो । उनीहरूले आगामी दिनमा पनि मित्रवत संवादलाई निरन्तरता दिने सहमति गरेको क्रेमलिनले जनाएको छ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको आरोप अस्वीकार गर्दै युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनका आवासमध्ये एकमा ड्रोन आक्रमण गरेको भन्ने दाबीलाई खण्डन गरेका छन् । साथै, उनले मस्को शान्ति वार्ता बिथोल्ने प्रयासमा लागेको आरोप लगाएका छन्।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले किभले गएराति ९१ वटा लामो दूरीका मानवरहित हवाई यान (ड्रोन) प्रयोग गरी रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको दाबी गरेका थिए ।

तर ती सबै ड्रोनलाई रुसी वायु रक्षा प्रणालीले हावामै नष्ट गरेको बताएका छन् । उक्त आक्रमणका कारण कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

रुसले यस घटनापछि शान्ति वार्तामा आफ्नो धारणा पुनरावलोकन गर्ने जनाएको छ । उक्त कथित आक्रमणको समयमा राष्ट्रपति पुटिन कहाँ थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

तर राष्ट्रपति जेलेन्स्कीले उक्त दाबीलाई “रुसी झुटहरू” भन्दै खारेज गरेका छन्। उनका अनुसार, यस्ता आरोपहरू क्रेमलिनले युक्रेनमाथि आक्रमण जारी राख्न बहाना बनाउन प्रयोग गरिरहेको छ।