२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलमा चुनिए (भिडियो सहित)



अ+ अ-

अमेरिकाको सबैभन्दा लोकप्रिय गायन प्रतियोतिमा ‘अमेरिकन आइडल’ मा नेपाली ठिटो दिवेश पोखरेल अडिसन राउण्डमा चुनिएका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’

अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’ आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् ।

पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए । नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।

https://youtu.be/A73ELaEsQpM