२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसदले मापसे गरेर चलाएको कारले ठक्कर दिँदा एकको अवस्था गम्भीर



अ+ अ-

नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैदलयात्रुलाई ठक्कर दिएको छ। उनले चलाएको निजि कारको ठक्करबाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो। प्रहरी कार्यालय अमिलियाको अनुसार ठक्करबाट विक गम्भीर घाइते भएको छ ।

प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ। घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।