१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव श्रेष्ठद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनुभएका गृहसचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दङ्गाललाई बिदाइ गर्नुभयो ।

गृहमन्त्री अर्यालको निजी सचिवालयकाअनुसार गृहसचिवको नयाँ जिम्मेवारी सम्हाल्नुभएका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिनुभएको हो । मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति सचिव दङ्गाललाई धन्यवाद दिनुभयो ।

गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरुको साथ सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

मन्त्रिपरिषद्को पुस ११ गते बसेको बैठकले सचिव दङ्गालको लोकसेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो । रासस