१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनभावनाअनुरुप सेवा प्रदान गर्न गृहसचिवको निर्देशन



अ+ अ-

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले बदलिँदो परिस्थिति र जनभावनाअनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जनसेवालाई प्राथमिकता राखेर काम गर्न र कुनै समस्या आए तत्काल समन्वय गर्न निर्देशन दिनुभएको हो ।

गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारीको सहयोगबाट कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै सरुवा भई जानुभएका सचिव रामेश्वर दङ्गाललाई धन्यवादसहित बिदाइ गर्नुभयो ।

मन्त्रिपरिषद्को पुस ११ गतेको बैठकले सचिव दङ्गाललाई लोकसेवा आयोगमा र सचिव श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।रासस