११ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना किसानलाई अनुदान



अ+ अ-

बलेवा । कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानका माध्यमबाट रु १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तीमा चार रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५०० भन्दा बढी, पशुपालन भए कम्तीमा पाँचवटा पालेका तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कारस्वरुप अनुदान बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख पौडेलले छनोट भएर आएका किसानलाई अनुदान दिनुभयो । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनोट गरिएको उहाँले बताउनुभयो । पौडेलले अनुदान सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयोे । अनुदान दुरुपयोग भएमा सरकारी बाँकीसरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताउनुभयो ।

पौडेलले किसानले र बालबालिकाले झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिबद्धता समेतलाई अनुदानमा सूचक बनाइएको बताउनुभयो । छनोटमा परेकालाई रु १२ हजारदेखि ४० हजारसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० किसानलाई रु दुई लाख ३६ हजार र माछापालनका लागि ५०० भन्दा बढी पाल्ने तीन जनालाई रु ८० हजार वितरण गरिएको हो ।

लेयर्स कुखुरातर्फ कम्तीमा एक सय पाल्ने आठजनालाई रु दुई लाख, पाँच सयभन्दा बढी कोइलर पाल्ने २४ जनालाई रु तीन लाख ९० हजार, गाईभैँसीतर्फ पाँचभन्दा धेरै पाल्ने १३ जनालाई रु एक लाख ७५ हजार, बाख्रातर्फ एक सयभन्दा बढी पाल्ने २८ जनालाई रु तीन लाख ६५ हजार दिइएको हो । राँगोतर्फ तीन जनालाई रु ९९ हजार, बङ्गुर पाल्ने तीन जनालाई रु एक लाख ५० हजार, दूध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने चारजना किसानलाई रु एक लाख ८० हजार दिइएको हो । उपकरण चाहिने किसानको हकमा बिलअनुसारको नगद हस्तान्तरण गरिने बताइएको छ ।