१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सडकका इन्जिनियरको चार करोड गैरकानुनी सम्पत्ति, परे अख्तियारको फन्दामा

सडकका इन्जिनियरको चार करोड गैरकानुनी सम्पत्ति, परे अख्तियारको फन्दामा
अ अ+ अ-

झन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख ९सिडिई० जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो । सडक विभागअन्तर्गत कार्यरत रहँदा सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो ।

गैरकानुनी सम्पत्ति आर्जन गरी श्रीमती र छोरासमेतका नाममा खरिद गरेको घर तथा जग्गा, विभिन्न बैंकमा रहेको मौज्दात, लगानी, अन्य खर्च र उनको आम्दानीसमेतको अनुसन्धानबाट उनले झन्डै चार करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । गैरकानुनी रूपमा आर्जन गरेको बिगो श्रीमती र छोरा तथा आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर र जफत गर्न र नपुग बिगो चौधरी स्वयंसँग असुलउपर गरी जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।

गत शुक्रबार अख्तियारले चौधरीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । स्वीकृत सडक आयोजनाबाट ३५ लाख घुस लिएको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालि र सो कम्पनीको जोइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारसमेतबाट बाटो निर्माण गर्ने स्वीकृत आयोजनाबाट घुस लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

एकै महिनामा १० इन्जिनियर अख्तियारको फन्दामा: nएक महिनाको अवधिमा १० जना इन्जिनियर अख्तियारको फन्दामा परेका छन् । यसमध्ये अधिकांशविरुद्ध मुद्दा दायर भइसकेको छ भने केहीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । गत ५ माघमा बागचौर नगरपालिकाको कार्यालय, सल्यानका तत्कालीन सबइन्जिनियर थमन योगी र असिस्टेन्ट सबइन्जिनियर तोरणबहादुर विष्टविरुद्ध अख्तियारले ७७ हजार सात सय बिगो रुपैयाँ कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अस्वाभाविक किसिमबाट बढी काम र लागत देखाएको, मापदण्डविपरीत निर्माण कार्य गराउने तथा झुटा बिल बनाई भुक्तानी दाबी गर्नेलगायतका भ्रष्टाचारजन्य गतिविधि गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । गत ११ माघमा अख्तियारले सिन्धुलीको घ्याङलेख गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर दिलीपकुमार शाहलाई दुई लाख ३० हजारका चेक र ३५ हजार नगदसहित रंगेहात पक्राउ गरेको थियो ।

गत २१ माघमा सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नवीनकुमार शाह र सबइन्जिनियर वीरेन्द्रकुमार शाहविरुद्ध १५ लाख ९६ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सडक निर्माण सम्पन्न भई अन्तिम बिल भुक्तानी गरिदिएबापत १५ लाख ९६ हजार घुस लिएको आरोपमा सोही रकमलाई बिगो कायम गर्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

सोही कार्यालयका निमित्त डिभिजन प्रमुख विनोद शाहविरुद्ध अख्तियारले सोही दिन तीन लाख बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । सडक आयोजनाको अन्तिम बिल भुक्तानी लिने क्रममा उनले तीन लाख घुस लिएको अभियोग अख्तियारको छ । गत शुक्रबार अख्तियारले नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेरबहादुर सुनारलाई रंगेहात पक्राउ गर्‍यो । कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीका क्रममा ७५ हजार घुस रकमसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

सोमबार अख्तियारले राष्ट्रिय पुनर्निर्माण शाखा भोजपुरमा कार्यरत सबइन्जिनियर (करार) प्रकाश तिवारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अनुदान लिन सहजीकरण गरिदिएबापत भन्दै उनले भूकम्पपीडितबाट ६ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले उनलाई गत १० माघमा रंगेहात पक्राउ गरेको थियो । सोमबार नै आपचोक गाउँपालिका, भोजपुरका असिस्टेन्ट सबइन्जिनियर (करार) विष्णुकुमार राईलाई अख्तियारले पक्राउ गरेको छ । खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि पाँच हजार घुससहित उनलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकबाट