९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नजर सर्वोच्चतिर, ध्यान निर्वाचन तिर



अ+ अ-

काठमाडौं । हिजो बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्की र तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका तीन नेताका बीचमा छलफल भई निर्वाचनमा जाने गरी भएपछि राजनीतिमा ‘आइस ब्रेक’ भएको भनिएको थियो ।

यस हिसाबले आज पनि अर्को यस्तै ‘आइस ब्रेक’ भएको भन्न सकिन्छ । आज बिहान सबेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह प्रवेश गरेर सात बुँदे सहमति गरेपछि आज दिनभरका मिडिया र सामाजिक सञ्जाल भरिएका छन् ।

यी दुई ‘आइस ब्रेक’ पछि पनि निर्वाचनको वातावरण भने के कस्तो हुने हो भन्ने आशंका अझै मेटिएको छैन । हिजो मात्र पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार बैठकपछि बाहिरिने क्रममा निर्वाचनमा कांग्रेस र एमाले पनि सहमागी हुने जानकारी त दिए तर पनि निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

खासमा गत भदौको जेनजी आन्दोलनपछि पहिलो पटक आज प्रधानमन्त्री सुशिला कार्कीले तत्कालीन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले तथा तत्कालीन प्रमुख प्रतिपक्षी दल (हाल नेपाली कम्युनिष्ट पार्टीमा परिणत भैसकेको) का अध्यक्षसँग भेट र छलफल गरेकी थिइन् ।

प्रधानमन्त्रीले प्रमुख तीन राजनीतिक दलका नेताहरुसँग गरेको त्यो ‘आइस ब्रेक’ पछि आज फेरि नयाँ पार्टीको नयाँ सन्देश बाहिरिएको छ । रवि बालेन सहमतिपछि नेपाली राजनीतिमा अर्को अध्याय सुरु भएको आजका मिडियाले बताएका छन् ।

यो सहमतिमा नअटेका कुलमान घिसिङ फेरि अर्को पार्टीसँगको सहकार्यतर्फ मोडिएका छन् । उनले आफूलाई नै पार्टीको सभापति दिनुपर्ने भनी गरेको माग पूरा नभएपछि रवि बालेन सहमतिमा अट्न सेकका थिएनन् । त्यसैले उनले तत्कालीन माओवादी पार्टीबाट फुटेर बनाएको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग कुरा चलाएका छन् ।

प्रलोपाका संयोजक रहेका जनार्दन शर्मा र कुलमानका बीच आज बिहानदेखि वार्ता जारी रहेको छ । उनीहरुले सो वार्ताको क्रमम आइतबार साँझसम्म पनि जारी रहेको छ । सम्भवत सो वार्ता मिल्ने देखिएको छ । किनभने उनी रवि बालेन समीकरणमा नअटेपछि अर्को बिकल्पका रुपमा नै प्रलोपालाई लिएका छन् ।

यी त भए पार्टीहरुका एकीकरणका कुरा । यी चुनावी मात्र हुन् या दिगो एकीकरण हुन् त्यो भने हेर्न बाँकी नै छ । यो कुराको निक्र्यौल आसन्न निर्वाचनमा ती पार्टीले प्राप्त गर्ने सिट संख्याले पनि निर्धारण गर्ने छ । किनभने प्रधानमन्त्री बन्ने भन्ने सहमति त प्रधानमन्त्री बन्ने हैसियतमा पार्टीले प्राप्त गरेको सिटमा नै भरपर्ने छ ।

तर, यहाँ उठाउन खोजिएको अर्को प्रसंग सर्वोच्च अदालतको पनि हो । जस्तो कि तत्कालीन दुई प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले त संस्थागत रुपमा नै संसद पुनर्स्थापनाका लागि रिट नै हालैका छन् । र, यस विषयमा सुनुवाई पनि जारी छ । यसकारण यी दुई दलले सर्वोच्च अदालततिर हेर्न छोडेका छैनन् । त्यतातिर दुई दलको ध्यान भंग हुन सकेको छैन ।

तर, यता निर्वाचनको तयारीमा पनि उनीहरु छन् । आज र भोलि गरेर समानुपातिक निर्वाचनतर्फका उम्मेदबारको सूची पठाउँदैछन् । यसको अन्तिम तयारीमा ती दल छन् । यसकारण पनि निर्वाचन हुने तयारी भइरहेको छ । तर पनि यसका अतिरिक्त सर्वोच्च तिर उनीहरुको ध्यान छँदैछ । यसैले अब अदालततिर के होला ? अदालतले के कसरी आदेश दिन्छ भन्ने विषयमा पार्टीहरुको ध्यानप नि छ, अनि यता निर्वाचनको तयारी पनि छ ।