१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा आजदेखि दुईदिने तालिम सुरु भएको हो ।

क्यामेराको लेन्समार्फत मधेस प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटिपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिनुभयो ।

उहाँले जनकपुरधाम केवल जानकी मन्दिर र धार्मिक गन्तव्यमा मात्र सीमित नभई मिथिला संस्कृति, कला, सभ्यता, ऐतिहासिक सम्पदा र समुदायका जीवनशैलीसँग जोडिएका असङ्ख्य पर्यटन कथाहरू रहेको उल्लेख गर्नुभयो ।

“ती कथालाई प्रभावकारी दृश्य माध्यमबाट प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गइरहेकाले पर्यटनका सम्भावनालाई उजागर गर्दै स्थानीय गन्तव्यलाई विश्वबजारसम्म पु¥याउन यो तालिम उपयोगी हुने विश्वास गरेका छौँ”, दवाडीले भन्नुभयो ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताउनुभयो ।

उहाँले जनकपुरधामलगायत मधेसका आठै जिल्लाका सांस्कृतिक, धार्मिक र प्राकृतिक कथाहरू क्यामेरामा उतार्दा ती तस्बिरले मधेसलाई विश्व पर्यटन नक्सामा थप स्थापित गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार यो तालिमले मधेस प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सहयोग पु¥याउनेछ ।

तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति, गन्तव्य ब्रान्डिङ र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिनुभयो । प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे सहजीकरण गर्नुभयो ।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यावहारिक अभ्यास गराउँदै जनकपुरधाम र आसपासका पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको स्थलगत अभ्यास गराइने आयोजकले जनाएको छ । तालिममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ ।

प्रशिक्षणले मधेस प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीपराज श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । रासस