६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ठूला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्नेमा जोड

ठूला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्नेमा जोड
अ+ अ-

काठमाडौँ । सार्वजनिक यातायात अझै पनि व्यवस्थित हुन सकिरहेको छैन । पुराना अव्यवस्थित गाडीका कारण व्यवस्थित हुन नसकेको यातायात प्रणालीलाई सुधार्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

उनीहरुले इन्धनबाट चल्ने गाडीहरुलाई अब प्रतिस्थापन गर्दै ठूला विद्युतीय गाडीलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । आईतवार ट्रली बस स्थापनाको ५० वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा साझा यातायातका निःवर्तमान अध्यक्ष कनकमणी दिक्षितले ट्रलि बसको इतिहास हुँदै नेपाल (परिस्कृत स्वरुप) विद्युतीय गाडीको युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले अब त्यस्ता गाडीहरु नेपालमै बनाउनुपर्नेमा जोड दिनुभयो ।

निः वर्तमान अध्यक्ष दिक्षितले भन्नुभयो–‘हामीले जहिले पनि आयातित कुरा किन गर्ने । इलेक्ट्रिक मोटर्स बनाउन सकिँदैन र नेपालमा ? आइसी इन्जिन बनाउन गाह्रो छ । इलेक्ट्रिकल मोटर बनाउन सजिलो छ । सकेसम्म नेपालमै त्यस्ता मोटर बनाउनुपर्छ । यदी सकिँदैन भने पनि विद्युतीय बसहरु आयात नै गरेर मगाउदा उर्जा खपत गर्ने मोटर हुनेछ । मान्छेहरु भन्छन्, पूर्वाधार खर्चिलो छ । योजनाअनुसार गर्ने हो भने विद्युतीय सवारी साधन जसले इनर्जि उपयोग गर्छ, के त्यो नेपालको लागि राम्रा होइन र ? नेपालको राजनीति यताउता जाँदा हामीले चाहिने कुरामा ध्यान दिन सकेनौँ । चाइनिजले दिएको ट्रली बस एउटा लाइन मात्रै बाँकी रह्यो । अर्को ट्रली लाइनको विस्तार जतिबेला तान्न सजिलै सकिन्थ्यो होला तर हुनै सकेन । यसमा राजीतिकदेखि भूराजनीतिक कुराहरुले समेत असर गरेको देखिन्छ । विगतको ट्रली बसलाई हेरेर आउँदो दिनको इलेक्टिसिटि ड्रिभन पब्लिक ट्रान्सपोर्ट बनाउनुपर्छ ।’

कार्यक्रममा पूर्वट्रली बस चालक पुण्यप्रसाद भण्डारीले चरम राजनीतिकरणका कारण नाफामुलक ट्रली बसलाई धराशायी बनाइएको बताउनु भयो । उहाँकाअनुसार अब ट्राली बस सञ्चालन गर्दा २०४६ सालअघि तीनलाखसम्म नाफा हुन्थ्यो तर विस्तारै बन्दै गर्ने अवस्थामा पु¥याइयो ।

पूर्वचालक भण्डारीले भन्नुभयो–‘२०३२ सालमा शिलन्यास भएको ट्रली बस २०३३ देखि मिन भवनदेखि त्रिपुरेश्वरसम्म ट्रलिबस चलेको थियो । त्यसको अर्को वर्षदेखि सूर्यविनायकसम्म ट्रली बस चलेको थियो । ट्राली बस संचालन गर्दा २०४६ साल अघि अडाइदेखि तीनलाखसम्म नाफा हुन्थ्यो । २०४६ पछि ट्रली बस राजनीतिकरण भएको मैले रिपोर्टिङ पाएको थिए ।’ 

साझा यातायातका सीइओ भूपेन्द्र ढकालले ट्रली बसको शुरुवात भएको स्थानबाट चीनले अनुदानमा दिन लागेको इभी बस ल्याएर संचालन गर्ने योजना बनाएको बताउनु भयो । उहाँकाअनुसार पूर्वाधार निर्माणको काम ट्रली बस राखिएको भवन बाटै हुँदैछ । जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले भन्नुभयो–‘ट्रली बसको शुरुवात भएको स्थानबाट हामी सबैको प्रयासले अब दशैँमै चाइनाबाट अनुदानमा इभी बस ल्याएर सञ्चालन गर्ने योजना गरेका थिर्यौँ । विभिन्न कारणले सकिएन । पूर्वाधार निर्माणको काम हामीले ट्रली बस राखिएको भवन बाटै तयार गर्दैछौं । जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको छ । बस नआउँदा सम्म छिटो ट्रली बस भएको ठाउँ सफाइ गरेर सूर्यविनायकदेखि ट्रलीबस जुन स्पोर्टसम्म चलेको थियो त्यहाँ हामीले परिस्कृत स्वरुप इभी बस चलाउँदैछौं ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात राज्यको प्राथमिकतामा विगतमा नपरेको स्वीकार्नु भयो । उहाँले अहिले भने प्राथमिकता पाएको छ । विद्युतीय गाडीमार्फत अब राजधानीमा यातायात व्यवस्था प्रभावकारी बनाउने योजना छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलले भन्नुभयो–‘कहिल्यै पनि सार्वजनिक यातायात प्राथमिकतामा परेन । त्यसलाई सार्वजनिक यातायातलाई कसरी व्यवस्थीत गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं । सस्टेनेबल डेभलपमेन्टको कुराहरु हामी गछौँ । सरकार एउटा फ्यासिलेटर हो । सरकारले आफैँ त्यति धेरै सार्वजनिक यातायतमा लगानी गर्दैन । तर हामीले चाइना सरकारसँग पटकपटक कुरा गरेर अहिले १०० ओटा इभी साझा यातायातलाई उपलव्ध गराउन खोजिरहेका छौं । यो करिव करिव टुंगोमा पुगेको छ र ती इभी आएपछि काठमाडौँका रुटमा हामीले विस्तार्रै इभीमय बनाउँदैछौं । इभीले डिजेल, पेट्रोलका गाडीले प्रतिस्थापन गर्नेछ । हामीले रिसर्चको कामहरु गर्न सकिरहेका छैनौँ । साझासँग मिलेर केही काम गर्नेछौँं । सरकारले कर छूटमार्फत इभीलाई सुविधा दिएको नै छ । साना गाडीमा त्यसले काम गरेपनि सार्वजनिक यातायातमा त्यसले काम गर्न सकिरहेको छैन् । हामीले चाहेको इभी सार्वजनिक यातायात नै हो । त्यस्ता इभी गाडीलाई कसरी सस्तो बनाउन सकिन्छ भन्नेबारे हामीले थप काम गर्नुपर्नेछ ।’ 

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्युतीय गाडीलाई राज्यले विशेष सहुलियत दिनुपर्नेमा जोड दिएका थिए ।