६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जेनजी आन्दोलनका सहिद: ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद: ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?
अ+ अ-

काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्नुहुन्छ, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।

भीमबहादुर छोरो सम्झिँदै भन्नुहन्छ, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो ।” व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्नुहुन्थ्यो । “यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्” उहाँको यो चिन्ता परिवारले पटक–पटक सुनेको थियो ।

जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो । उहाँ जेनजी आन्दोलनका औपचारिक सदस्य हुनुहुन्थेन तर अघिल्लो दिनको घटनाले उहाँलाई चुप बस्न नसक्ने बनायो । देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो ।

भदौ २४ गते बिहान बाबुछोरासँगै हुनुहुन्थ्यो । करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किनुभयो । ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उहाँ गोङ्बुतर्फ लाग्नुभयो । “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्नुहुन्छ, “तर मैले त्यो लाइभ हेरिनँ ।”  करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो । “छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उहाँ सम्झनुहुन्छ, “त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन् ।”

त्यो दृश्य सम्झिँदा उहाँ अझै सम्हालिन सक्नुहुन्न । “हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध पार्दै भीमबहादुरले भन्नुभयो, “हाम्रो परिवारको मियो नै उखेलियो ।” अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ ।

“देशका लागि छोराले बलिदानी दिए” उहाँ भन्नुहुन्छ, “तर हामी सामान्य परिवार हौँ । एक पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ ।”

अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ । “मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ” उहाँ भन्नुहुन्छ । अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन् । निकोलस अहिले कक्षा आठमा पढ्दै छन् । करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मनुभएका अनिस कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइँ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्कनुभएको थियो ।

काठमाडौँको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गर्नुभयो । व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो । कोरोनाका कारण साझेदार र उनकी श्रीमती दुबैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो । कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौँकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गर्नुभयो । विदेशबाट कमाएको पैसाले एकतले घर निर्माण गर्नुभएको थियो ।

पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो ।  “उहाँ अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे हुनुहुन्थ्यो,” मञ्जु भन्नुहुन्छ, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उहाँ जानु भएको, फर्कनुभएन ।” त्यसदिन दिउँसो २ः३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाउनुभयो । उहाँलाई अस्पताल पु¥याउँदा ढिला भइसकेछ । पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने ? भन्ने प्रश्नले सताएको छ ।

अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पु¥याउन लैजाने गर्नुहुन्थ्यो । पसल रामै्र चल्दै थियो । अब यो कसरी के गर्ने र घर परिवार धान्ने ? भन्ने छटपटी मञ्जुलाई भएको छ । अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रुपमा सम्झिनुहुन्छ । “आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या प¥यो भने पहिला सहयोग गर्ने मान्छे थिए अनिश,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच उनमा थियो ।”

भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उहाँहरूबीच लामो कुराकानी भएको थियो । “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झनुहुन्छ । घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाउनुभयो । “सरकारबाट सहिद परिवारले पाउने रु १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन सन्दीप भन्नुहुन्छ “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन ।” सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो । उहाँहरुबीच पारिवारिक नाता सम्बन्ध पनि थियो । अहिले आत्मिय साथी गुमाउनु पर्दा सन्दीपलगायत धेरैलाई एक्लो महसुस भएको छ । रासस