२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका पूर्व सांसद ज्ञवालीको निधन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो । स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए ।

भारतको दिल्लीमा उपचारपछि उनको ललितपुरको अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो । स्वर्गीय ज्ञवाली नेपाली काँग्रेस गुल्मीका एक अग्रज नेता थिए ।

२००१ साल कात्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।