६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग

काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग
अ+ अ-

काठमाडौं ।  काठमाडौं मेडिकल कलेजले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।  न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा काठमाडौं मेडिकल कलेजका प्रा.डा. सहदेव ढुङ्गानाले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारमा क्याथ ल्याव र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्यावले नयाँ युगको शुरुवात गरिरहेको दाबी गर्नुभयो । उहाँकाअनुसार यी प्रविधिहरूले पारम्परिक ओपन हार्ट सर्जरीको विकल्पको रूपमा छोटो समयमै, सुरक्षित, र प्रभावकारी उपचार सम्भव बनाएका छन् । अत्याधुनिक प्रविधियुक्त बाइ–प्लेन क्याथ ल्याव र नवस्थापित इपि ल्यावको क्षमताबारे उनले विस्तृत जानकारी दिँदै यी सेवा नेपालमा छिटो फैलिनु अत्यन्त सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।

क्याथ ल्यावः बिना चिरफार धड्किरहेको मुटुमा उपचार प्रक्रिया

प्रा. ढुङ्गानाकाअनुसार क्याथ ल्याव एक विशेष प्रकारको अत्याधुनिक एक्स–रे मेसिन हो । जसले धड्किरहेको मुटु र नशागत समस्याहरूको जाँच तथा उपचार गर्न सकिन्छ । डा. ढुङ्गानाले  क्याथ ल्यावमा हृदयको नशा परीक्षणका लागि हात वा खुट्टाको नशामा सानो सुई (सामान्यतः स्थानीय एनस्थेसिया) मार्फत पाइप (क्याथेटर) प्रवेश गराइने बताउनु भयो । यो प्रविधिमार्फत हृदयका विभिन्न रोगहरू—जस्तै नशा ब्लकेज, जन्मजात मुटुका प्वाल, भल्बको साँघुरो वा अन्य हृदयसम्बन्धी जटिलताहरूको छिटो र सुरक्षित उपचार सम्भव भएको प्रा. ढुङ्गानाले बताउनु भयो । यस प्रक्रियाले धेरै जटिल रोगहरूलाई सहज र सुरक्षित बनाएको उहाँले जिकिर गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘यो मेसिन चाहीँ एक विशेष किसिमको एक्स—रे हो । जसरी एक्स—रे मा फोटो खिचिन्छ नि छातीको । सामान्य बुझाइमा भन्दाखेरि छातीको एक्स—रे लिँदाखेरि फाटो खिचिन्छ त्यस्तै यसले चाहीँ के गर्छ भन्दा लाइभ त्यहा सुताउने बित्तिकै हामीले पूरा शरीरदेखि गोडा सम्मको अंग हेर्न मिल्छ । यसमा चाहीँ के हुन्छ भने हातको नशा, यो नाडीको नशामा हामीले एउटा लाटो पार्ने सुई दिन्छांै । कही चिरफार हुदैँन एउटा सुई मात्र लाग्छ । त्यहाँ एउटा सामान्य किसिमको पाइप पस्छ । त्यो पाइपको थ्रु चाहीँ हामीले नशा चाहीँ के हुन्छ भन्दा यहाँको हातको र गोडाको नशा चाहीँ मुटुसँग कनेक्ट भएको हुन्छ । त्यो नशाको थ्रु, नशा हुदैँ मुटुमा पुगिन्छ ।’

बाइ–प्लेन प्रविधिः दुवै फोटो एकैचोटि

काठमाडौं मेडिकल कलेजले प्रयोग गर्दै आएको क्याथ ल्याव ‘बाइ–प्लेन’ मोडेल भएकाले यस प्रविधिले एकैचोटि दुईवटा फोटो खिच्नसक्ने जसका कारण डाई र विकिरणको मात्रा कम हुने डा.ढुङ्गानाले बताउनु भयो  । उहाँकाअनुसार ‘यसले बिरामीको  मिर्गौलामा पर्ने प्रभाव घटाउँछ र चिकित्सकको काम पनि सहज बनाउँछ’ । नेपालमा करिव एक दशक अगाडि भित्रिएको यो प्रविधि काठमाडौं मेडिकल कलेजमा करिव तीन वर्ष देखि उपलब्ध छ । क्याथ ल्यावको प्रयोगले बिरामीलाई डर लाग्ने अवस्था कम हुने, छुट्टि तत्कालै दिन सकिने र महत्वपूर्ण रूपमा समय बचत हुने डा.ढुङ्गाना बताउनु हुन्छ ।


उहाँले भन्नुभयो, ‘काठमाडांै मेडिकल कलेजमा शुरुवात गरेको लगभग तीन, साढे तीन वर्ष भयो र नेपालमा त धेरै वर्षदेखि छ । नेपालमा १०/१५ वर्षदेखि नै यो सेवा विभिन्न सेन्टरहरुमा उपलब्ध छ । तर यो मेसिन चाहीँ हाम्रो अत्याधुनिक टाइपको, हामी बाइ प्लेन भन्छौं, एकैचोटि यसले चाहीँ दुईवटा फोटो खिच्छ । अरु मेसिनमा के हुन्छ भन्दा खेरि हामीले दुई चोटि फोटो खिच्नलाई एउटा डाई हुन्छ त्यो डाइ दिनुपर्ने अनि एक्स—रेको विकिरण बढी लिनुपर्ने हुन्थ्यो भने यसमा चाहीँ एकैचोटी दुईवटा फोटो खिच्ने भएको हुनाले एकैचोटी डाई पठाएर दुईवटा फोटो लिन सकिन्छ । त्यसले अलि सहज पनि हुन्छ । हामी गर्ने मान्छेलाई पनि विकिरणको प्रभाव कम पर्न जान्छ । कतिपय बिरामीको मृगौलामा समस्या आउन सक्ने समस्या सेफ हुन्छ ।’

हार्ट अट्याकमा समयमै उपचारको महत्व


ढुङ्गानाकाअनुसार हार्ट अट्याकमा समय नै जीवन र मुटुको स्वास्थ्य निर्धारण गर्ने मुख्य कारक हो । १ देखि २ घण्टाभित्र नशा खोल्ने हो भने मुटु सामान्य अवस्थामा फर्कन्छ । ढिलो भएमा मांसपेशी मर्न थाल्छ र मुटु कमजोर हुन्छ । त्यसैले एन्जियोप्लास्टी तुरुन्तै गर्नुपर्छ । एन्जियोग्राफीले ब्लकेज पत्ता लगाउँछ र त्यसपछि स्टेन्ट राखेर नशा खोलिन्छ ।

नेपालमा सेवा र पहुँच

तीन वर्षमा काठमाडौं मेडिकल कलेजमा करिव १५० देखि १६० बिरामीमा एन्जियोप्लास्टी सम्पन्न भइसकेको प्रा. ढुङ्गानाले बताउनु भयो । आफ्नो अस्पतालमा दैनिक रूपमा ३–४ जनामा एन्जियोग्राफी हुने गरेको छ उहाँको भनाई छ । सरकारी बीमा र विपन्न वर्गको लागि उपचारमा दुई–तीन लाखसम्मको छुट सुविधा उपलब्ध छ ग्रमिण भेगका जनताका लागि पनि हृदयरोगको उपचार गर्नसुलभ बनाएको उहाँले बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘अब हाम्रो दुई, तीन वर्षमा लगभग १५० देखि १६० हामीले ‘एन्जियो प्लास्टि’ हामीले नशा खोलीसकेका छौं । ‘एन्जियो ग्राफि’ भन्ने जहाँ त हाम्रो दैनिक ३÷४ वटा दैनिक रुपमा भई नै हाल्छ । त्यस्तै अब मुटुको भल्ब खोल्ने, मुटु वरिपरि जमेका पानि निकाल्ने, जन्मजातको प्वाल टाल्ने, त्यो चाहीँ आक्कल, झुक्कल हुन्छ । धेरै चाहीँ हामीले हार्ट अट्याक भएका बिरामीहरुलाई सुविधा दिएका छौं ।’

इपिल्याबः मुटुको विद्युतीय समस्या समाधान


कलेजले हालै शुरु गरेको इपिल्याब (इलेक्ट्रोफिजियोलोजी ) प्रविधि नेपालमा दुर्लभ भएको प्रा. ढुङ्गानाले बताउनु भयो । उहाँकाअनुसार यो प्रविधिले मुटुको चाल अनियमित, मुटु हल्लिने, चक्कर लाग्ने वा बेहोस हुने जस्ता रोगहरूको निदान र उपचार गर्न प्रयोग गरिन्छ ।
उहाँले भन्नुभयो, ‘मुटुमा पेसमेकरले उत्पादन गर्ने विद्युत प्रवाह मात्र होइन, अन्य ‘चोर बाटो’ बाट उत्पन्न हुने प्रवाहले पनि मुटु हल्लिने समस्या सिर्जना गर्नसक्छ । हामी विशेष पाइपमार्फत मुटुको विभिन्न च्याम्बरमा पुगेर उक्त अवाञ्छित विद्युत प्रवाह पत्ता लगाउँछौं र रेडियोफ्रिक्वेन्सीको मद्दतले त्यसलाई डामेर बन्द गर्छौं ।  यसरी मुटुको चाल सामान्य हुन्छ र बिरामीलाई समस्या हुँदैन ।’


उहाँकाअनुसार क्याथ ल्याव मात्रले विद्युतीय समस्याको उपचार गर्न सक्दैन तर इपिल्याबले यस्तो बिरामीलाई निदान र उपचार दुवै प्रदान गर्छ । नेपालमा यस इपि ल्यावसहितको सुविधा ४–५ अस्पतालमा मात्रै उपलब्ध रहेको उहाँले बताउनु भयो । अब बिरामीले डर नमानिकन, छोटो समयमै र तुलनात्मक रूपमा सस्तो उपचार पाउन सक्ने उहाँले जिकिर गर्नुभयो ।