तनहुँ । लोकदोहोरी गायक प्रकाश कटुवाललाई पक्राउ परेका छन् । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार व्यवसायी गुरुङकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि सोमवार पक्राउ परेका कटुवालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार परिवारसँग घुम्न गएका कटुवाल डुम्रेको एक होटल अगाडि गाडी पार्किङ होटल मालिक र गायक कटुवालबीच विवाद भएको थियो ।