११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइड बडी जहाजले नियमित उडान भर्दै



अ+ अ-

काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ ।

वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । उक्त जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ ।

चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । “जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गरिनेछ”, उहाँले भन्नुभयो ।

निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।

वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ ।