५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्न लाग्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूलाई सहभागी गराएर संयुक्त बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे हुने बताइएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफलका लागि निम्ता दिनुभएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्नुभएको थियो। उक्त छलफललाई पछिल्ला राजनीतिक संवादहरूको निरन्तरताका रूपमा हेरिएको छ।