१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।

नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।

डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्याण्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नेपालले प्रति एक लाखमा ७.१ जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताउनुभयो ।

उहाँका अनुसार देशभरि ५७९ जनामा पोलियोका शङ्कास्पद बिरामी भेटिएका छन् । उहाँका अनुसार अझै ४० शङ्कास्पद बिरामीको परीक्षण हुन बाँकी छ ।

डब्लुएचओको मापदण्डअनुसार प्रति एक लाखमा दुई जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाउनुपर्ने हुन्छ । तर नेपालले डब्लुएचओले तोकेको मापदण्डभन्दा धेरै बिरामी भेटाएर उत्कृष्ट सर्भेलेन्स गरेको छ ।

“जति धेरै शङ्कास्पद बिरामी भेटियो त्यति नै चाँडो पोलियो भाइरस सङ्क्रमण निर्मूल गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हामीले डब्लुएचओका सेरोअन्तर्गत १० मुलुकमा सबैभन्दा धेरै शङ्कास्पद बिरामी भेटाएर उत्कृष्ट हासिल गरेका छौँ ।”

नेपालमा २०१४ मा पोलियोमुक्त भइसकेको छ । पछिल्लो पटक २०१० मा रौतहटमा एक जनामा पोलियोको बिरामी भेटिएको थियो । शाखा प्रमुख डा गौतमले नेपालमा हुम्ला र रोल्पामा एकदेखि १.९ जनासम्म र अन्य सबै जिल्लामा दुई जनाभन्दा बढी नै शङ्कास्पद बिरामी भेटिएका बताउनुभयो ।

भारत, बङ्गलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, टिमोर–लेष्टेभन्दा नेपालको पोलियो भाइरसका बिरामीको खोजतलास गर्ने क्षमता राम्रो देखिएको छ । नेपालपछि भुटानले प्रति एक लाखमा ५.३२ जना र भारतले ५.१२ जना पोलियाका शङ्कास्पद बिरामी फेला पारेको छ । बङ्गलादेशले २.८० जना, दक्षिण कोरिया २.३८ जना, म्यानमारले २.५१ जना शङ्कास्पद बिरामीे भेटिएका भेटाएका छन् ।

नेपालले सन् २०२४ मा प्रति एक लाखमा ४.५ जना शङ्कास्पद बिरामीे भेटिएका थिए । नेपालमा गतवर्ष पाँच वर्षदेखि नौ वर्ष उमेर समूहका बालबालिकालाई गत वर्ष पोलियो रोग विरुद्धको खोप दिइएको थियो ।

नेपालमा जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताका शिशुलाई पोलियो विरुद्धको थोपा खुवाउने गरिन्छ । त्यसैगरी १४ हप्ता र नौ महिना उमेरमा पोलियो रोग विरुद्धको खोप लगाउने गरिन्छ । रासस