रुपन्देही । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सोमबार राति इलाका प्रहरी कार्यालय बुटवलले उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले महिलाले दिएको उजुरीको आधारमा थारुलाई पक्राउ गरिएको जानकारी दिए।