११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम: पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उनले बताए। “शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ”, मौसमविद् नगरकोटीले भने । बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।