काठमाडौं । चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले सिधाकुरा जनतासंगका प्रमुख तथा कृतिमानी संचारकर्मी रबि लामिछानेसंग न्युज २४ को कार्यालय मै भेट गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियमको निर्माणमा अहोरात्र खटिएका समाजसेवी धुर्मुस रबिलाई भेट्न कार्यालयमै पुगेका हुन् ।
आफ्नो फेसबुकबाट सिधा लाईभ गर्दै संचारकर्मी रबि लामिछानेले ‘सेन्टी भाईरस’ बारे जानकारी गराएका थिए । विश्वभरबाट सवैले हेरिसकेपछी यो भेटले स्टेडियमको निर्माण मा थप उर्जा मिल्ने विश्लेषण गरेका छन् । चलचित्र ‘सेन्टी भाईरस’ एकपटक सवैले हेर्नैपर्ने चलचित्र बनेको छ । यो चलचित्रबाट उठेको रकमले स्टेडियम बनाउन ठुलो सहयोग पुग्ने भएकाले एकपटक हलसम्म पुगेर सहयोग गरिदिन स्वतन्त्र व्यक्तित्वहरुबाट सवैलाई अपिल पनि गरिएको छ ।
रबिले फेसबुक लाइभ मार्फत आग्रह गर्दै रंगशालालाइ सहयोग गर्न यो चलचित्रले राम्रो भुमिका खेल्नेपनि बताएका थिए । यहि फागुन ९ गते प्रदशनमा आउन लागेको चलचित्र सेन्टि भाइरस हेर्न सबैलाइ अनुरोध गरेका छन् ।