११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र शैयाको अस्पताल बन्दा स्थानीयवासीमा खुशी



अ+ अ-

डोटी । जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल बन्ने भएको छ । जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ ।

जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताए ।