२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको ठक्करबाट एक जनाको मृत्यु, सवारी साधन ठप्प



अ+ अ-

सुर्खेत । सुर्खेतमा को गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो।

मंगलबार राति पौने ९ बजे बा ३ ख ६३५२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक बोहरा आफू सवार भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर बाटोमा हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो।

यस्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सवारी साधन चल्न दिएका छैनन्। आफन्तले बाटो बन्द गराएपछि वीरेन्द्रनगर हुँदै नेपालगञ्ज, जाजरकोट तथा सुर्खेतका अन्य पूर्वी क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन्।