१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नु अघि स्वास्थ्य परीक्षण सुरू गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको परीक्षण गरेका थिए।उनको मुटुको एन्जिओग्राफी गरिएको र रिपोर्ट सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

‘मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला झण्डै एक महिनादेखि स्वास्थ्य परिक्षण गर्नुपर्छ। सबै परीक्षण सकिएपछि मात्रै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने,’उहाँलाई त्यस्तो अरु समस्या भएजस्तो देखिँदैन।त्यही भएर प्रत्यारोपणमा पनि समस्या नहोला।’

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनको सातामा एक पटक मिर्गौलाको डायलासिस हुन्छ।