११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै काम नहुँदा विद्युत् आयोजना अलपत्र



अ+ अ-

प्यूठान । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ ।

सवस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताउनुभयो । आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । फर्सालले भन्नुभयो, “ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।”

विद्युत् भार कटौती मुक्त जिल्लाका रुपमा रहेको प्यूठानमा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सवस्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख जयनन्द बोगटीले बताउनुभयो । विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्न विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् । ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन ।

यस्तै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत रु १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख बोगटीले बताउनुभयो । प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका काम गर्ने उहाँको भनाइ छ ।

यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँमा अर्को आर्थिक वर्षमा काम गरि जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उहाँले बताउनुभयो । आगामि आवमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङका सबै ठाउँ, नौ बहिनी २ खवाङका केही ठाउँमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरि सुविधा लिइरहेका छन् ।