२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुहानबाट फर्किएका सबै सुरक्षित : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षीत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । .

वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस (कोभिड—१९) नभएको पुष्टि मन्त्रालयले गरेको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड—१९ नकारात्मक देखिएको बताउनुभयो ।

वुहानबाट ल्याइएकाहरुलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उद्धार गरिएका १७५ जनाको क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ । चीनबाट फर्किएका नेपालीहरु कुनैमा पनि संक्रमण नदेखिएकोले त्रसित नहुन मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म नेपालमा २ सय १० जनामा कोभिड—१९ परीक्षण गरिएकोमा एक जनामात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पििन स्वस्थ्य भएर घर फर्किएका छन् ।