२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कर्णाली जैविक कृषि सम्मेलन शुरु



अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा पहिलोपटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलोपटक उक्त सम्मेलन शुरु भएको हो । जैविक कृषि प्रविधिको अवलम्बन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशा विषयमा व्यापक छलफल हुनेछ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पूर्व गृहमन्त्री जनार्दन शर्मा, २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेशसभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधि, प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, सङ्घीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषक, विभिन्न विज्ञको सहभागिता रहेको प्रवक्ता पण्डितले बताउनुभयो ।