१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री राईको शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६ का अवसरमा आज शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीरशहीदलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी मनाइरहेको उल्लेख गर्दै आजको दिन देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन रहेको बताउनुभयो ।

उहाँले आज संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका सन्देशमा उल्लेख गर्नुभएको छ । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत हुँदै गएको जनाउनुभएको छ ।

उहाँले सन्देशमा अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको उल्लेख गर्नुभयो । शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नसमेत मुख्यमन्त्री राईले सन्देशमा आह्वान गर्नुभएको छ ।