२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा



अ+ अ-

झिमरुक । प्युठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुर्याउन नगरपालिकाले पाँचौँ नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएकोे नगरप्रमुख कक्षपतिले बताउनुभयो । स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ । स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हँुदै गएको उहाँले बताउनुभयो ।

यस्तै चालू आवको पुस मसान्त अर्थात् छ महिनाको अवधिमा आठ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख गोविन्द घिमिरेले बताउनुभयो । जसमा महिला चार हजार आठ सय २५ रहनुभएको छ भने तीन हजार तीन सय ७६ पुरुषको स्वास्थ्य जाँच गरिएको छ । ज्येष्ठ नागरिकलाई विकासको अनुभूति दिलाउन नगरपालिकाले यो कार्यक्रम शुरु गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

वडा नं ३ मा क्षयरोगका बिरामी बढी रहेका एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष ०७५÷७६ मा यस वडामा ३४ क्षयरोगका बिरामी भेटिएका नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख घिमिरेले बताउनुभयो । औषधि पूरा नखाने, सरसफाइको कमी, खानपानको समस्या लगायतले गर्दा क्षयरोगका बिरामी बढेका उहाँले बताउनुभयो । घरमै दिने सेवाले यस्ता रोगको कमी ल्याउन मद्दत पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।