११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा



अ+ अ-

झिमरुक । प्युठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुर्याउन नगरपालिकाले पाँचौँ नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएकोे नगरप्रमुख कक्षपतिले बताउनुभयो । स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ । स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हँुदै गएको उहाँले बताउनुभयो ।

यस्तै चालू आवको पुस मसान्त अर्थात् छ महिनाको अवधिमा आठ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख गोविन्द घिमिरेले बताउनुभयो । जसमा महिला चार हजार आठ सय २५ रहनुभएको छ भने तीन हजार तीन सय ७६ पुरुषको स्वास्थ्य जाँच गरिएको छ । ज्येष्ठ नागरिकलाई विकासको अनुभूति दिलाउन नगरपालिकाले यो कार्यक्रम शुरु गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

वडा नं ३ मा क्षयरोगका बिरामी बढी रहेका एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष ०७५÷७६ मा यस वडामा ३४ क्षयरोगका बिरामी भेटिएका नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख घिमिरेले बताउनुभयो । औषधि पूरा नखाने, सरसफाइको कमी, खानपानको समस्या लगायतले गर्दा क्षयरोगका बिरामी बढेका उहाँले बताउनुभयो । घरमै दिने सेवाले यस्ता रोगको कमी ल्याउन मद्दत पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।