२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषले पशुपतिमा गर्दैछ यस्तो व्यवस्था…



अ+ अ-

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको बताएको छ । यही फागुन ९ गते शुक्रबार त्रयोशीका दिन पर्ने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको कोषले बताएको छ । भक्तालुहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ ।

उपसमितिहरुले पशुपति क्षेत्रमा शुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वर्यसेवा परिचालन लगायतमा काम गर्नेछन् । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका दिन चारवटै ढोका खुल्ला गर्ने बताएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बाहिरी ढोकाबाट बाहिर एक एक लाइनको व्यवस्था गर्ने र भित्र ४ वटा लाइन सम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यस्था मिलाइएको बताए ।

उनले उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन, र पूर्वि द्धारलाई भने वैकलिपक द्धारको रुपमा नित्य पुजाका सामाग्रिहरु लैजाने व्यवस्था मिलाउन प्रयोग गरिने र आवश्यक परेको खण्डमा दर्शन गर्न दिने व्यवस्था समेत मिलाउने गरी व्यवस्थापन गरिएको बताए । त्यस्तै सदस्य सचिव ढकालले नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सहित ६ हजार सुरक्षाकर्मि परिचालन हुने र नेपाल स्काउट सहितका करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुने बताए ।

उनले दर्शन गदौ ज्येष्ठ नागरिक, शारिरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुलाइ समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरे । तयस्तै भक्तालुहरुको सुरक्षालाई ध्यान दिदै पशुपति क्षेत्रमा मदिरा तथा कुनैपनि नशालुपदार्थको निषेध गरिएकाले विक्रीवितरण तथा ओसारपसार नगर्न एवं प्रयोग तथा सेवा नगर्न समेत उनले आग्रह गरे ।