११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ: मन्त्री पुन



अ+ अ-

बनेपा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्दै उनले लक्ष्य अनुसारका काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताएका हुन् ।

“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ ।” मन्त्री पुनले भने, “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?”

चौमासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउदै उनले भने, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानको लागि सामूहिकरुपमा छलफल गरौँ ।” विभागका निर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागका गतिविधि माथि जानकारी दिएका थिए।