२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ: मन्त्री पुन



अ+ अ-

बनेपा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्दै उनले लक्ष्य अनुसारका काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताएका हुन् ।

“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ ।” मन्त्री पुनले भने, “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?”

चौमासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउदै उनले भने, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानको लागि सामूहिकरुपमा छलफल गरौँ ।” विभागका निर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागका गतिविधि माथि जानकारी दिएका थिए।