२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीलाइ तुरुन्त बर्खास्त गरी अनुसन्धान गर्न काँग्रेसको माग



अ+ अ-


काठमाडौं । सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।


सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एकजना एजेन्टसँग संवाद गर्दै कमिसन मागेको अडियो आज बिहान सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीलाई बर्खास्त गरी र छानबिनको माग गरेको हो ।


नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’


सञ्चारमन्त्री स्वयंको यस्तो अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आग्रह गरेका हुन् ।