११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गर्नुभएको हो । पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् । रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । उहाँले यात्रुहरुलाई बिमानस्थालको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताउनुभयो ।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ ।