८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा



अ+ अ-

बोगोटा। कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् ।

रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, ती सैनिकहरूलाई उत्तरपश्चिमी चोको विभागमा करिब २०० व्यक्तिले घेरेर जबर्जस्ती एक आदिवासी आरक्षणमा लगिएको थियो ।

स्थानीय बासिन्दाहरूले सोमबार सैनिकहरूलाई क्याथोलिक चर्च र मानवअधिकार संरक्षण कार्यालयका प्रतिनिधिहरू मिलेर बनाएको मानवीय आयोगलाई हस्तान्तरण गरेका थिए । सैनिकहरू त्यसपछि चोकोको राजधानी क्विबडो तर्फ लगे ।

मानवअधिकार संरक्षण कार्यालयले सार्वजनिक गरेको भिडियोमा सैनिकहरूले आफ्नो युद्धक सामग्री र हतियार सङ्कलन गर्दै गरेको देखाइएको छ ।

ईएलएन समूह कोलम्बियाका मुख्य लागूपदार्थ उत्पादन गर्ने क्षेत्रहरूमा नियन्त्रण जमाएका छन् । देशले पछिल्लो दशकमा सबैभन्दा गम्भीर सुरक्षा सङ्कट भोगिरहेको छ, जसमा अपहरण, कर तिर्न बाध्य पार्ने र अवैध खानीबाट फाइदा लिने अपराधी समूहको गतिविधि मुख्य कारण बनेको छ ।

ईएलएन सन् १९६४ मा स्थापना भएको हो । शान्ति वार्ता असफल भएपछि यो समूह वर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई चुनौती दिइरहेको छ ।

पेट्रो प्रशासन र ईएलएन बीचको वार्ता गत वर्षदेखि रोकिएको छ । गत हप्ता ईएलएनले सुरक्षा बलमाथि दुई आक्रमण गरेको थियो, जसमा दक्षिणपश्चिमी शहर कालीमा भएको एक आक्रमणमा नौ प्रहरी र सैनिकको मृत्यु भएको थियो ।

कोलम्बियामा सरकारको नियन्त्रण नभएका क्षेत्रमा सैनिक र प्रहरी कर्मीहरू अस्थायी रूपमा नियन्त्रणमा लिनु सामान्य घटना हो ।

रक्षामन्त्रीले सैनिकहरूको अपहरणको निन्दा गर्दै भन्नुभयो,“ सैनिक अभियान सीमित गर्नुले स्थानीय समुदायलाई गम्भीर जोखिममा पार्छ ।”

सन् २०२५ को सेप्टेम्बरमा मिकाइ क्यान्यनमा विद्रोही समूहका हजारौं स्थानीय बासिन्दाले ७२ जना सैनिकलाई नियन्त्रणमा लिएका थिए । त्यसअघि ग्वाभियारे विभागमा ३३ जना सैनिक तीन दिन नियन्त्रणमा राखिएको अवस्थामा रिहा भएका थिए । (रासस/एएफपी)