१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

२९ वर्षदेखि कुखुराको व्यापारमा छविलाल

२९ वर्षदेखि कुखुराको व्यापारमा छविलाल
अ अ+ अ-

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर । बिहानीको झिसमिसेमै गाउँगाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिँड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो । सार्कीलाई स्थानीय बासिन्दाले कुुखुरा व्यापारीका रूपमा चिन्ने गर्दछन् ।

कुखुरा व्यापारीको पहिचान बनाउनुभएका उहाँले यसै व्यवसायबाट जीविका चलाउँदै आउनुभएको छ । सार्की २९ वर्षदेखि स्थानीय जातका कुखराको व्यापारमा संलग्न हुनुहुन्छ । पहिलाजस्तै आजभोलि पनि सार्की साइकल डो¥याउँदै कुखुरा खोज्नमै व्यस्त हुनुहुन्छ ।

घरबासका लागि जग्गा र त्यसमा बनेको कच्ची घर सम्पत्तिका रूपमा रहेका सार्की जीविका चलाउनका लागि कुखुराको व्यापारलाई रोजेको बताउनुहुन्छ । “स्थानीय जातका कुखुरामात्रै पहिला पाल्ने चलन थियो”, सार्कीले भन्नुभयो, “गाउँगाउँमा सहज र सुपथ मूल्यमा कुखुरा पाइन्थे । हाल विकासे जातका कुखुरा व्यावसायिकरूपमा पाल्न थालिएपछि स्थानीय जातका कुखुरा खोज्न गाह्रो भइसक्यो । एक सयमा दुई जनाले मात्रै स्थानीय जातका कुखरा पाल्ने गरेका छन् ।”

दुई÷तीन दिन लगातार गाउँ चहारेपछि चार÷पाँच कुखुरा मात्रै पाउन सकिने गरेको उहाँ बताउनुहुन्छ । रु ५० प्रतिकिलोका दरले जिउँदो कुखुरा खरिद गरेर बजारमा बेचेको स्मरण गर्दै सार्कीले भन्नुभयो, “त्यसबेला दैनिक २५ देखि ३० किलोसम्म कुखुरा बिक्री गर्न लैजान्थेँ । गाउँमा खरिद गरेको कुखुरा बजारमा लगेर बिक्री गरी परिवारको खर्च सहजै चल्थ्यो । हाल त्यसको आधा मात्रै कुखुरा पाइने गरेका छन् ।”

उहाँका अनुसार अहिले कुखुरा पाउनै मुस्किल छ, पाइहाले पनि थोरै पाइने भएकाले आम्दानी पनि कम छ । “कुखुराको व्यापारले घरपरिवारको खर्च धानिएकै छ । तीन छोरीको विवाह पनि यसै व्यापारको कमाइले गर्न भ्याएको छु । छोरीको विवाह गर्नमै रु सात लाख बढी खर्च लागेको छ । त्यो सबै कुखुराकै कमाइ त हो नि ।”

हाल स्थानीय जातको कुखुराको भाले रु ५५० र पोथी रु ४५० प्रतिकिलोका दरले खरिद गरी रु ५०० देखि रु ६०० मा उहाँले बिक्री गर्दै आउनुभएको छ । कुखुरा खरिद गरी बिक्री गरेर आएको केही रकम बचत गरी उहाँले पक्की घरसमेत बनाउन थाल्नुभएको छ । ‘मुर्गावाला’को नामले परिचित सार्की जीविका चलाउने एक मात्रै माध्यमका रूपमा रहेको कुखुराको व्यापार नछाड्ने बताउनुहुन्छ । गाउँबाट खरिद गरेर ल्याएका कुखुरा भीमदत्तनगर बजारको सब्जीमण्डीमा बिक्री हुने गरेको छ ।

वर्षौं पहिले पहाडबाट बसाइँ सारेर तराई झर्दा कमाइने गर्ने साधन थिएन । भारतबाट आएका व्यापारीले मात्रै कुुखुराको व्यापार गर्दथे । भारतीय व्यापारीले कुखुरालगायतको खुद्रे व्यापार गरेर आरामले परिवारको खर्च चलाएको देख्दा यसबाटै प्रेरणा लिँदै सार्कीले कुखुराको व्यापार गर्न शुरु गर्नुभएको हो । बजारमा मजदुरी गरेर कमाएको रु १०० बाट पहिलोपटक कुखुरा खरिद गरी बजारमा लगेर बिक्री गरी आएको आम्दानी जम्मा गर्नुभयो । “त्यसपछिको आम्दानी जम्मा गरी पूँजी बनाएँ” सार्कीले भन्नुभयो, “थोरैबाट धेरै कुुखुरा खरिद गर्न थालेपछि आम्दानी पनि बढ्यो । परिवारको खर्च चल्न थाल्यो । त्यसपछि यो नै व्यवसाय बन्यो ।”

“व्यापार सानो ठूलो हँुदैन । मेहनत गरे सानो व्यवसायबाट पनि परिवार सहजरूपमा चल्दोरहेछ । पहाडबाट तराई झर्दा एकसरो लुगामा आएका थियौँ । मेहनत गरेँ । निरन्तररूपमा व्यवसायमा संलग्न रहेकाले कसैसँग पैसाका लागि अहिलेसम्म हात थाप्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पैसाकै लागि धेरै जना विदेशिने गरेका छन् । स्वदेशमै लगनका साथ काम गरे परिवारसँगै बसेर त्यो भन्दा बढी कमाउन सकिन्छ । त्यसका लागि धैर्य आवश्यक छ ।