२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र



अ+ अ-

कास्की। पर्यटकीय सहर पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म  ‘टाइगर कप’ राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको उक्त महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको बताउनुभयो । उहाँले महिलातर्फ थाइल्याण्डका दुई तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड, थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता हुने छ ।

यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुने जनाइएको छ ।

छैटौँ संस्करणको च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुषतर्फ उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाँचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुपले पहिलोपटक उपाधि जितेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु एक करोड ८० लाख खर्च हुने जनाउँदै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीलाई सदाझैँ सहयोगका लागि आह्वान गर्नुभयो । प्रतियोगिताबाट बचत भएको रकम शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि खर्च गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगितालाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एक सय सात सदस्यीय मूल आयोजकसहित १४ वटा उपसमिति गठन गरी तयारीलाई तीव्र बनाइएको आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो । रासस