११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश जनालाई नइ पुरस्कार, बैशाख ३० गते वितरण गरिने



अ+ अ-

काठमाडाैंः नइ प्रकाशनले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका दश महानुभावलाई २०७६ सालका पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले चिकित्सा क्षेत्रका डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबद्र्धनका लागि मानक राष्ट्रिय झण्डाका निर्माता इञ्जिनीयर तथा आर्किटेक शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तराष्ट्रियस्तरको अभिनय गरी नेपालीको प्रतिष्ठा बढाएवापत मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (महजोडी) लाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्ट झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियानकर्मी, लेखक तथा चिन्तक प्रा डा सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सङ्गीतकार, गायक तथा गीतकार प्रा दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । ती सबै पुरस्कारका राशि जनही रु एक लाख छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंँमा ती पुरस्कार समर्पण गरिने बताइएको छ ।