२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश जनालाई नइ पुरस्कार, बैशाख ३० गते वितरण गरिने



अ+ अ-

काठमाडाैंः नइ प्रकाशनले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका दश महानुभावलाई २०७६ सालका पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले चिकित्सा क्षेत्रका डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबद्र्धनका लागि मानक राष्ट्रिय झण्डाका निर्माता इञ्जिनीयर तथा आर्किटेक शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तराष्ट्रियस्तरको अभिनय गरी नेपालीको प्रतिष्ठा बढाएवापत मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (महजोडी) लाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्ट झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियानकर्मी, लेखक तथा चिन्तक प्रा डा सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सङ्गीतकार, गायक तथा गीतकार प्रा दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । ती सबै पुरस्कारका राशि जनही रु एक लाख छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंँमा ती पुरस्कार समर्पण गरिने बताइएको छ ।