८ पुष २०८२, मंगलवार
,
Latest
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु



अ+ अ-

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरी पोखरेबगर–घार–चित्रे सडक स्तरोन्नति थालेको हो ।

यो पोखरा देखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोक देखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक ढलान भएपछि घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ ।”

२१ किलोमिटर दुरीको यो सडकअन्तर्गत चित्रे–घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ । पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बिनियोजन गरेको छ ।