१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास



अ+ अ-

कञ्चनपुर। शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।

हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।

डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताउनुभयो । “अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ”, उहाँले भन्नुभयो, “मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्यानो लुगा छ, न त राम्रो ओछ्यान नै ।”

झुपडीमा बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको उहाँले दुखेसो पोख्नुभयो । शिविरमा बस्ने सबै परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

मजदुरीबाट आएको न्यून रकमले साँझबिहानको छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताउनुभयो । दातृ निकायलाई न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग नपाउँदा आगो तापेर चिसो कटाउनुपरेको उहाँले उल्लेख गर्नुभयो ।

शिविरका राजकुमार राना भन्नुहुन्छ, “गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुनु पर्दैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा केवल नारामा मात्र सीमित भएको छ ।” बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि वन छेउको शिविरमा कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै पनि निकायले सोधखोज नगरेको उहाँको गुनासो छ ।

विसं २०६४ मा वनहरा नदीमा आएको भीषण बाढीले घरजग्गा सबै बगाएपछि यी परिवार सुकुम्बासी बनेका हुन् । साविक देखतभूली गाविसमा रहेको घरजग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि उनीहरू शिविरमा बस्न बाध्य भएका हुन् ।

आफ्नो स्वामित्वमा रहेको जग्गा बगर बनेपछि मालिकबाट मजदुर बनेका यी परिवार यतिबेला प्रकृति र राज्य दुवैको उपेक्षामा परेका छन् ।रासस