१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत

बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत
अ अ+ अ-

ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ भन्नुभएको छ ।

‘सामाजिक रुपान्तरण र समृद्धिः न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ बार दिवस–२०८२ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एशोसिएशनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानुन व्यवसायीले गलत टिप्पणी गरेर जनमानसमा भ्रम फैल्याउन हुँदैन भन्दै गरिमा कायम गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

“पदमा रहेका व्यक्तिले जिम्मेवारपूर्वक धारणा राख्नु पर्छ, कानुन व्यवसायीले गलत धारणाका आधारमा प्रभावित पार्ने कार्य गर्नु उचित हुँदैन, न्यायपरिषद् र संवैधानिक इजलासको संरचना प्रधानन्यायाधीशले मात्रै केही गर्न सक्दैन, अदालतको जनआस्था भनेको अदालतको प्राण हो, यसका लागि विस्वास आर्जन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश राउतले प्रतिबद्ध भएर मात्रै परिणाम दिन सकिन्छ भन्दै विश्वास जन्माउन परिणाम दिनैपर्छ भन्नुभयो ।“जनआस्था भनेको विस्वास हो, अहिले देशमा विस्वास धर्मराएको छ, बार र बेञ्च मिलेर विस्वास र जनआस्था कायम राख्नुपर्छ, निष्ठापूर्वक काम गर्दा मात्रै विश्वास जन्मिन्छ”, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा अदालतप्रति पचाउनै नसक्ने अभिव्यक्ति सार्वजनिक भएका छन् भन्दै प्रधानन्यायाधीश राउतले नेपाली समाजभित्रको विकृति, विसङ्गतिको सबै मिलेर समाधान गरौँ भन्नुभयो ।

“जिम्मेवारीमा रहेको व्यक्तिले संयमता र बुद्धिपूर्ण निर्णय गर्नुपर्छ, एआई, सूचना प्रविधिको दुरुपयोग अदालतका लागि अत्यन्तै चुनौतीपूर्ण छ, सरकारमा बसेकालाई एआइको दुरुपयोगले पनि समस्या छ, अरुलाई पीडा दिएर रमाउने समाज छ, यसमा ध्यान दिनु आवश्यक छ, कानुन व्यवसायी पेसालाई मर्यादित बनाउने कुरामा बारले ध्यान दिनुपर्छ, अदालत र प्रधानन्यायाधीशले के गर्नुपर्छ भन्नुस्, निष्ठा डगमगाउँदा प्रतिष्ठाले कुनै काम गर्दैन, असल अभ्यास र सुकर्मले निष्ठा कायम हुन्छ, धनदौलतले निष्ठा किन्न पाइँदैन”, प्रधानन्यायाधीश राउतले भन्नुभयो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कानुन व्यवसायीको साझा दायित्व हो भन्नुभयो । उहाँले स्वतन्त्र न्यायपालिका र विधिको शासनका पक्षमा बारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै नेपाल बार लोकतन्त्रको स्थायी पक्षधर हो भन्नुभयो । उहाँले कानुनको शासन हामी सबैको साझा दायित्व हो भन्दै सरकारी वकिल र कानुन व्यवसायीबीचको आपसी सम्मानका आधारमा विधिको शासन स्थापित गर्न सहज हुने धारणा राख्नुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले म जे गर्छु अरुले त्यो नगरोस् भन्ने धारणा राख्न नहुने भन्दै मिडियामा ठूलो फोटो आओस् र सबै मिडियामा आफू हाबी हुन पाउँ भनेर अराजक र उत्तेजक अभिव्यक्ति अधिवक्ताले दिनु उचित नहुने बताउनुभयो ।

उहाँले अदालत जोगाउने जिम्मेवारी न्यायपालिकाप्रति आस्था राख्नेहरुको भएको बताउँदै यसका लागि अधिवक्ताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस