२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा ६७९ मानव अधिकार पीडित



अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २०५ र गैरराज्य पक्षबाट ४७४ गरी ६७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेखअनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १९० पुरुष तथा गैरराज्य पक्षबाट ४१२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ । यस्तै गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुव्र्यवहार गरिएको छ भने राज्यपक्षबाट छ जनालाई गिरफ्तार गरेको इन्सेक जनाएको छ ।

सन् २०१९ मा बालअधिकारअन्तर्गत भएका ८२ बालिका तथा आठ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ । जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुव्र्यवहार घटनामा ३३ बालिका र दुई बालक थिए । महिला अधिकारअन्तर्गत ३१० पीडित भएका र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।

उहाँले तीनै तहका सरकारले जनआकाङ्क्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताउनुभयो । प्रदेशमा गत वर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५१५ महिला र ५२ पुरूष गरी ६४० पीडित भएका अभिलेख गरिएको थियो ।