१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

मकवानपुर। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा पर्यावरण संरक्षणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेस मकवानपुर र मनहरि कमिटीद्वारा आज मनहरीमा यहाँ आयोजित सङ्गठन शुद्धीकरण अभियान कार्यक्रममा उहाँले वनस्पति, जङ्गल, वन्यजन्तु र समग्रमा पर्यारणको सम्वर्द्धन गर्न विशेष गरी स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले दीर्घकालीन सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि आवश्यक ऐन कानुन तर्जुमा तथा कार्यान्वयनमा जोड दिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र निर्भिक भई मतदान केन्द्रमा पुग्नसक्ने वातावरण बनाउन सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी सङ्घीय सरकारले सबैलाई आश्वस्त पारेर चुनावको माहोल बनाउनुपर्छ । कांग्रेसका शीर्षक नेताहरूले पनि विघटित संसद् पुनःस्थापन गर्नेतर्फ होइन आमनिर्वाचनमा सहभागी हुने विचारमा एकजुट हुनुपर्ने आवश्यकता छ ।”

उक्त कार्यक्रममा कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री सन्तबहादुर प्रजा, मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, जिल्ला सभापति बुद्ध लामा, कांग्रेस मनहरि समितिका सभापति प्रकाश बर्तौलालगायतले पार्टीको नीति, सैद्धान्तिक पक्षलाई आत्मसात् गरेर प्रत्येक सङ्गठन बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले मनहरिस्थित मनकामना मन्दिर निर्माणका लागि व्यक्तिगत रु ७५ हजार मन्दिर व्यवस्थापकलाई हस्तान्तरण गर्नुभयो । रासस