६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा



अ+ अ-

दाङ। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ ।

बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आज घोराही आइपुगेको हो ।

र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गर्नुभयो ।

घोराही बजार परिक्रममा गर्दै र्‍याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो । रासस