१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका मुद्दा सम्बोधन भए सरकारमा सहभागी हुन सकिन्छ : राजेन्द्र महतो



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) ले वर्तमान सरकारमा सहभागी हुने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन भएमा सरकारका जान सकिने बताएका हुन् ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा शनिबार धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सोंच्न सकिन्छ । तर अहिले सरकारमा जाने कुनै कुरा छैन ।’ महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता नभएसम्म सरकारमा जान नसकिने बताए ।

संसद विकास कोषको रकम सम्पूर्ण रकम उनले जनताकै लागि खर्च गरिने बताए । ‘यो पैसा तपाईंहरुकै हो । यसबाट तपाईंहरुकै योजना कार्यान्वयन हुन्छ,’ उनले भने ।

संसदीय कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्ग २५ लाख रुपैयाँ लागतमा धर्मशाला निर्माण गरिने भएको छ ।