१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय पदमराज जोशी

सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय पदमराज जोशी
अ अ+ अ-

काठमाडौँ। डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ बी.पी.नगर निवासी पदमराज जोशी सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका एक परिचित व्यक्तित्व हुन्।

नेपाली कांग्रेसका क्रियाशील नेता जोशीलाई जिल्लामा इमानदार, निष्ठावान र विकासप्रेमी नेताका रूपमा हेरिने गरिएको छ।

वि.सं. २०१६ सालमा स्वर्गीय रामचन्द्र जोशी र कृष्णादेवी जोशीको कोखबाट जन्मिएका पदमराज जोशी पाँच भाइ र तीन बहिनीमध्ये कान्छा छोरा हुन्। स्नातक तहसम्म अध्ययन गरेका जोशी सामाजिक कार्यमा सानै उमेरदेखि सक्रिय रहँदै आएका छन्।

जोशी २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। जनमत संग्रहदेखि विभिन्न राजनीतिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा पछिल्ला राजनीतिक परिवर्तनसम्म उनले सक्रिय भूमिका निर्वाह गरेका छन्।२०३६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका जोशी हाल महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जनसम्पर्क विभागमा जिम्मेवारी सम्हालिरहेका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जोशीको योगदान उल्लेखनीय छ उनले विभिन्न विद्यालयमा भौतिक पूर्वाधार निर्माण,शैक्षिक सामग्री वितरण, छात्रवृत्ति कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालनमा सक्रिय भूमिका खेलेका छन्।कोरोना महामारीको समयमा विपन्न समुदायलाई स्वास्थ्य सामग्री वितरण गरी राहत पुर्‍याएका थिए।

नेपाल–भारत मैत्री सम्बन्ध सुदृढीकरणमा करिब २५ वर्षदेखि निरन्तर कार्यरत जोशी विभिन्न अन्तर्राष्ट्रिय भ्रमणमार्फत विकासका अनुभव नेपालमा प्रयोग गर्नुपर्ने धारणा राख्दै आएका छन्।

उनले अमेरिका, क्यानडा, जापान, टर्की, चीन, हङकङ, मलेसिया, मेक्सिको, श्रीलंका, भारत र अस्ट्रेलिया लगायत देशहरूको भ्रमण गरिसकेका छन्।राजनीति र समाजसेवाका अतिरिक्त जोशी साहित्यिक तथा बौद्धिक क्षेत्रमा पनि सक्रिय छन्। ‘दिव्य दृष्टि र दृष्टान्त’ लगायतका पुस्तक प्रकाशन गरी राष्ट्रियता,लोकतन्त्र र समाजप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

जोशीले समाजसेवा र राष्ट्रप्रतिको योगदानस्वरूप ‘प्रबल गोरखा दक्षिण बाहु,प्रबल जनसेवा श्रीमान पदवी,गणेशमान राष्ट्रिय वन पुरस्कार,महात्मा गान्धी एसिया पिस अवार्ड लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।स्थानीयवासी र राजनीतिक विश्लेषकहरूका अनुसार पदमराज जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेमा डोटी जिल्लाको समग्र विकासमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास गरिएको छ।पार्टीभित्र पनि योग्य,इमानदार र जनविश्वास प्राप्त नेताको रूपमा उनको नाम सिफारिस हुँदै आएको छ।

डोटी जिल्लाको समुन्नत विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर सक्रिय पदमराज जोशी आज डोटीको राजनीतिक भविष्यका लागि आशावादी नेताका रूपमा उभिँदै गएका छन्।