५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विधि–प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको पालना अनिवार्य रहेको उल्लेख गर्नुभयो ।रासस