२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलको कुरा…



अ+ अ-

प्रदिप ढकाल । यसपालीको महाशिवरात्रीपर्वमा पशुपति परिसरलाई फूल र प्रकाशले सजाउने सोचियो । अनि तत्काल प्रश्न तेर्सियो – बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ ।

आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो – किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर । जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् । केहीसमयअघि तीनकुनेमा दुबो चोरेका हामीहरु झन फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?

फूलले त सजाउने तर शिवरात्री पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा जवाफ थियो – पहिले फूलको सौन्दर्यको आनन्द लिउँ । सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरमा किन मस्तिष्क खर्च गर्नु ?

अब थाहा भयो हाम्रा यी दुबै पीर त लिनै नपर्ने खालका रहेछन् ।

भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – हामीलाई सद्बुद्धि दिनुहोस् ।