२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजपत्र नभएको भारतीय गाडी एपीएफद्धारा बरामद



अ+ अ-

बारा । बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ ।

बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ । बरामद गाडीको भन्सार दखिला मूल्य ९ लाख ९० हजार रुपैयाँ रहेको छ ।