२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजपत्र नभएको भारतीय गाडी एपीएफद्धारा बरामद



अ+ अ-

बारा । बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ ।

बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ । बरामद गाडीको भन्सार दखिला मूल्य ९ लाख ९० हजार रुपैयाँ रहेको छ ।